in Poems(कविता)

यात्री

भोको पेट् , नाङ्गो छ सरिर
धुले पेटी साहारा छ वरिपरि !!
हिक्क हिक्क आउछ मन डराउछ
छाती समाउछु घरि घरि !!

गोडा कापि सके, थाकि सके
सरेनन् पाइला कसैगरी !!
ब्यस्त सडक, पेट भर्दैछु
जो खादैछु तिनका कठैबरी !!

बरु लडौ, मरौ झैँ लाग्छ
सुन्यतामा यतै कतै !!
बिलिन हुन्छु पल भरमा
रेटे तिनकै हात, टेके तिनकै पाइला छ जता त्यतै !!

एक मुठी सास फेर्छु
डरउछु सकिन्छ कि भनि !!
मन बुझाउछु, अघि सर्छु, भन्छु
जानु छ दूर यसै गरि !!

– सम्पूर्ण यात्रीहरुमा समर्पित ( ०७/१९/२०७४)
Saurab Dulal
Follow me
Saurab Dulal
Follow me

Latest posts by Saurab Dulal (see all)

Write a Comment

Comment