Saurab Dulal

यात्री

भोको पेट् , नाङ्गो छ सरिर
धुले पेटी साहारा छ वरिपरि !!
हिक्क हिक्क आउछ मन डराउछ
छाती समाउछु घरि घरि !!

गोडा कापि सके, थाकि सके
सरेनन् पाइला कसैगरी !!
ब्यस्त सडक, पेट भर्दैछु
जो खादैछु तिनका कठैबरी !!

बरु लडौ, मरौ झैँ लाग्छ
सुन्यतामा यतै कतै !!
बिलिन हुन्छु पल भरमा
रेटे तिनकै हात, टेके तिनकै पाइला छ जता त्यतै !!

एक मुठी सास फेर्छु
डरउछु सकिन्छ कि भनि !!
मन बुझाउछु, अघि सर्छु, भन्छु
जानु छ दूर यसै गरि !!

– सम्पूर्ण यात्रीहरुमा समर्पित ( ०७/१९/२०७४)

निर्जीव आवाज

उ बोले जस्तो लाग्छ मलाई अर्थ्याउन खोजे जस्तो लाग्छ उस्का स्वासहरुलाई समेट्न खोजे जस्तो लाग्छ मेरा ध्यानहरुलाई ! तर, तर म त योगी हु निर्जीव आवाज सुन्न सक्दिन इन्द्रिय आभासले पुग्छ मलाई! आवाज त मेरा कमन्डलबाट पनि निस्कन्छ ति सोध्न चहादैनन् मैले के बुझे भनी अनविज्ञ छु म ति आवाज प्रति मिठो लाग्दैछन् तिनै बरु,मानब बुझ्दैछु […]